बिहान अबेर उठ्नेलाई यस्ता खालका गम्भीर रोगले सताउन सक्छन्






 काठमाडौं । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगले मानिसहरु राती अबेरसम्म मोबाइल, टिभीमा रमाइरहेका हुन्छन् । कतिपय अवस्थामा साथिहरु जम्मा भएर अबेरसम्म बस्ने गर्छन । उनीहरु अबेर सुतेर बिहान धेरै ढिला मात्रै उड्ने गर्छन । यो वास्तवमा गलत्त व्यवहार हो । अहिले धेरैलाई बिहान उठ्न धेरै गाह्रो हुने अथवा ढिला सम्म सुत्ने बानी हुन्छ । राती ढिलो सुत्दा पनि कहिले कहिँ यस्तो भएको हुन सक्छ ।

तर, हरेक दिन ढिलो उठ्ने बानीले स्वास्थ्यमा विभिन्न प्रकारको समस्याहरु सिर्जना गरिरहेको हुन्छ । बिहान उठ्नका लागि निकै समस्या हुन्छ भने भविष्यमा गएर शारीरिक तथा मानसिक रोगको समस्या हुन सक्ने एक अध्यनले दावा गरेको छ । ढिलो सम्म सुत्ने ब्यक्तिले खाना पनि ढिलो खाने गर्छ ।

उनीहरूको पेट लामो समयसम्म खाली हुने हुँदा पाचन प्रणाली असर पर्छ । पाचन प्रणालीमा असर पर्नुका साथ खाएको खाना राम्ररी नपच्ने भएको हुँदा पेट सम्बन्धि विभिन्न रोगहरूको सिकार बन्नुपर्छ ।

साइन्स डेलीमा प्रकाशित भएको फ़ेइनबर्ग स्कुल अफ मेडिसिन एट नर्थ वेस्टर्न युनिर्भसिटीले गरेको अध्ययनमा ढिलोसम्म सुत्ने व्यक्तिहरू पोषणयुक्त खानेकुराको सेवन भन्दा पनि जंक फुड धेरै खाने गरेको भेट्टायो । अध्ययनले ढिलोसम्म सुत्ने व्यक्तिहरू मोटोपनको शिकार हुने निष्कर्ष पनि निकालेको छ । ढिलो सम्म सुत्ने मानिसहरुमा अल्छीपन तथा जाँगर नलाग्ने प्रकृतिका हुन्छन् ।

ढिलासम्म सुत्ने मानिसहरुलाई सानो सानो कुरामा पनि बढी रिस उठ्ने, झर्किने जस्ता पनि समस्या हुने गर्छ । कुनै पनि मानिस बिहान ढिलोसम्म सुत्छन् भने उनीहरुको दिमाग बढी निराश हुने गर्छ । यसले उनीहरूको दिन नराम्रो हुनुका साथै उनीहरूको दिमागमा सँधै नकारात्मक सोच मात्र आइरहेको हुन्छ ।

जसकारण यस्ता खालका ब्यक्तिहरुमा जीवनत्यागको भावना समेत जागृत हुनसक्ने अध्यनकर्ताहरुले दावा गरेका छन् । हरेक व्यक्तिले बेलुका १० बजे भित्र सुत्ने अनी बिहान ५ देखि ६ बजे भित्र उठ्ने आधा घण्टा व्यायम गर्ने खालका कुराहरु गर्नुपर्छ । अर्को तिर बिहान मनतातो पानी पिउनु पनि स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । एजेन्सी

Post a Comment

0 Comments