आलस खानुकाे फाइदा

दैनिक खाली पेटमा एक चम्चा आलस खानाले शरीरमा हुनेछन् यी फाइदा

आलस खानुकाे फाइदा

हाम्रो शरीर स्वस्थ रहनका लागि विभिन्न खालका खनिज तत्त्वहरूको आवश्यकता पर्छ। ती तत्त्वको आपूर्तिका लागि विभिन्न खालका खानेकुरा खानुपर्छ। हाम्रो शरीरमा आवश्यक खनिज तत्त्वहरूको आपूर्ति गर्ने एक खाद्यवस्तु हो- आलस। आलसमा ओमेगा- ३, फ्याटी एसिड, प्रोटिन, फाइबर, भिटामिन, मिनरल्स जस्ता खनिज पदार्थ हुने गर्छन्, जसले हाम्रो शरीरलाई स्वस्थ राख्न ठूलो सहयोग गर्छन्। यस्तै, नियमित रूपमा दैनिक एक चम्चा आलस सेवन गर्नाले शरीरलाई विभिन्न रोगबाट बचाउन सहयोग गर्छ।

दैनिक एक चम्चा आलस सेवन गर्नुका यी हुन् फाइदा

रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ :  मधुमेह तथा उच्चरक्तचापको समस्या भएकाहरूले दैनिक खाली पेटमा एक चम्चा आलस सेवन गर्नाले मधुमेह तथा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

थाइराइड बढ्न दिँदैन :भिजाएर राखेको आलसको पानी  हरेक दिन खाली पेटमा एक कप सेवन गर्दा हाइपोथाइराइड भएकाहरूलाई थाइराइड बढ्न दिँदैन।

मुटुको नसा बन्द हुनबाट बचाउँछ : नियमित रूपमा आलसलाई भिजाएर त्यसबाट निस्किएको आलस पानी तीन महिनासम्म हरेक दिन खाली पेटमा सेवन गर्नाले मुटुको नसा बन्द हुनबाट बचाउँछ। यसले गर्दा एन्जिअोप्लास्टी गर्नुपर्दैन। आलसमा हुने ओमेगा- ३ ले शरीरमा कोलेस्ट्रोल कम गर्ने हुँदा अन्य मुटुसम्बन्धी रोगबाट समेत बचाउँछ।

मोटोपन कम गर्छ : नियमित खाली पेटमा आलसको सेवन गर्नाले मोटोपनबाट जोगिन सकिन्छ। भिजाएको आलस खानाले शरीरमा बोसो जम्न दिँदैन र शरीरलाई मोटोपनबाट बचाउँछ। यस्तै, आलसमा प्रसस्त मात्रामा फाइबर हुने हुँदा हामीले खाएको खानेकुरा राम्रोसँग पचाउने र शरीरलाई ऊर्जा दिने काम गर्छ।




Post a Comment

0 Comments